खाेज्नुहाेस

बझाङमा ठाउँठाउँमा खेलकुद र देउडा प्रतियोगिता

Image

बझाङ- बझाङमा भलिबल र देउडा प्रतियोगिता हुने भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-११ मा पुरुष भलिबल र देउडा प्रतियोगिता हुने भएको हो ।

स्थानीय चाड तागासेलाई र दिपावलीको अवसरमा वडा भित्रका टोलस्तरीय भलिबल र देउडा प्रतियोगिता हुने वडा सचिव कविन्द्र घर्तीले बताए ।

attariya hospital

वडा नम्बर ११ ठानाचौरको आयोजनामा भोलि (कार्तिक २३ गते)बाट सुरु हुने भलिबल प्रतियोगितामा प्रथमले २५ हजार, द्वितीयले १८ र तृतीयले ११ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

navjiwan hospital

यस्तै, जयपृथ्वी-३ पडेसमा पनि तागासेलाईको अवसरमा वडास्तरीय खुल्ला महिला-पुरुष भलिबल प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरिएको छ । भलिबल र देउडा प्रतियोगिता भोलि नै पडेस खेल मैदानमा सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार ५१ हजार १११, द्वितीय पुरस्कार ३१ हजार १११ र तृतीय पुरस्कार २१ हजार १११ रुपैयाँ रहेको छ । महिलातर्फ प्रथम पुरस्कार २५ हजार, द्वितीय १५ हजार र तृतीय पुरस्कार १० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, छबिसपाथिभेरा गाउँपालिकामा पनि बान्निमष्टा जागरण युवा क्लब झुतेराको आयोजनामा वडा तथा टोलस्तरीय पुरुष जुनियर भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्वितीय १५ हजार र तृतीय पुरस्कार १० हजार रुपैयाँ रहेको छ । प्रतियोगिता भोलि बिहान १० बजेदेखि छविसपाथिभेरा-४ झुतेराको जनपृय आधारभूत विद्यालयको खेल मैदानमा हुनेछ ।