खाेज्नुहाेस

बझाङमा बजार अनुगमन, ५७ हजार बढीका म्याद नाघेका सामान नष्ट

Image

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा बजार अनुगमन गरिएको छ । पालिकाका विभिन्न स्थानमा रहेका ६३ ओटा पसलमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत गोमती बोगटीले बताइन् ।

navjiwan hospital

उनका अनुसार ३५ पसलबाट ५७ हजार ८५० रुपैयाँ बराबरका म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । खाने तेल, सुजी, जुस, मसला, बियरलगायतका म्याद नाघेका सामग्रीहरू नष्ट गरिएको बताइएको छ ।

attariya hospital

गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्लको संयोजकत्वमा जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरीलगायतको सहभागितामा बजार अनुगमन गरिएको हो ।