खाेज्नुहाेस

बझाङमा प्रतिबन्धित औषधी बिक्री गर्ने मेडिकल सञ्चालक पक्राउ

Image

बझाङ- बझाङमा प्रतिबन्धित औषधी बिक्री गर्ने मेडिकल सञ्चालक पक्राउ परेका छन् । प्रहरीका अनुसार सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलका सञ्चालक प्रविन मण्डल पक्राउ परेका हुन् ।

navjiwan hospital

उनले मेडिकलबाट ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको हो । आइतबार सुजन हेयर कटिङ पसलबाट लागुऔषधसहित सञ्चालक सुर्जन धामी पक्राउ परेका थिए । उनले प्रहरीलाई दिएको बयानका क्रममा उक्त मेडिकलबाट ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण भइरहेको खुलेको प्रहरीले जनाएको छ ।

attariya hospital

उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।