खाेज्नुहाेस

मुड्भरी साहित्य पुरस्कारबाट भण्डारी र गणेश/शरदा साहित्य पुरस्कारबाट रोस्यारा सम्मानित

Image

अत्तरिया – मुड्भरी साहित्य पुरस्कारबाट भाल चन्द्र भण्डारी (ब्रह्मगोल) र गणेश/शरदा स्मृति लोक साहित्य पुरस्कारबाट हेमराज रोस्यारा (हेमन्त विवश) सम्मानित भएका छन ।

शनिबार अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयद्धारा आयोजित दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान तथा ‘प्रतिभा’ वार्षिक मुखपत्र विमोचन कार्यक्रममा दुवै जनालाई सम्मानित गरिएको हो ।

attariya hospital

प्रतिनिधि मार्फत भण्डारी र कार्यक्रममा उपस्थित रोस्यारालाई प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले सम्मान सहित पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

navjiwan hospital

डोटीको जोरायल गाउँपालिका – ५ सैलकोटिला घर भएका भण्डारी हाल काठमाण्डौंमा बस्दै आएका छन । उनलाई प्रतिनिधि सहोदर भाइ लक्ष्मीराज भण्डारी मार्फत ११ हजार १११ रुपैयाँ राशीको मुड्भरी सहित्य पुरस्कारबाट सम्मानित गरिएको थियो । २०७८ सालमा स्थापना गरिएको उक्त पुरस्कारको स्थापना जनकराज जोशीले गरेका थिए ।

गणेश/शरदा स्मृति लोक साहित्य पुरस्कारबाट सम्मानित रोस्यारालाई नगद ५ हजार ५ सहित सम्मानपत्र प्रदान गरिएको छ । डोटीको शिखर नगरपालिका – ९ घर भएका रोस्यारा हाल धनगढी उपमहानगरपालिका – ५ तारानगरमा बस्दै आएका छन । गणेश/शरदा स्मृति लोक साहित्य पुरस्कारको स्थापना खगराज पाठकले गरेका थिए ।

पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले दुवै पुरस्कार राष्ट्रिय स्तरका भएपनि यस बर्ष सुदूरपश्चिमका साहित्यकारलाई प्राथमिकता दिइएको बताए ।

यसैबीच कार्यक्रममा गोदावरी धाम विकास समितिका संस्थापक अध्यक्ष पद्मराज जोशी, अत्तरिया खानेपानी तथा सरसफाई संस्थाका संस्थापक उत्तमबहादुर कठायत, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायत, पजञ्जली योग समिति अत्तरियाका संस्थापक दुर्गा प्रसाद प्रसाइँ, पद्मा अस्पतालका प्रवन्ध निर्देशक नरबहादुर मौनी, महिला तथा बाल–बालिका सेभ हाउसकी संस्थापक अध्यक्ष जानकी मलासी, सुप समावेसी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँद र साइकल यात्री गोदावरी नगरपालिका – ८ मजगाउँका भरत विक्रम शाह सम्मानित गरिएको थियो ।