खाेज्नुहाेस

बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

Image

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हुँदा ६ जना घाइते भएका हुन ।

navjiwan hospital

भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप शुक्रबार बिहान बे्रक फेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिपमा ८ जना सवार थिए । ती मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

घाइते हुनेमा छबिसपाथिभेरा गापालिका–७ बड्खोरीका २५ वर्षीय इनार महत, ३० वर्षीय प्रकाश धामी, २५ वर्षीय अशोक धामी, १६ वर्षीय निरज धामी, १६ वर्षीय सन्तोष धामी, ३१ वर्षीय रामबहादुर धामी रहेका छन् । चालक बुडखोरीका ३० बर्षिय बिनोदबहादुर धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।