
बझाङ – बझाङका भूकम्प पीडित परिवारलाई राहत सामाग्री सहयोग गरिएको छ । सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबका अध्यक्ष खेमराज भट्ट र उपाध्यक्ष चक्र मल्लको पहलमा समाजसेवी चाँदनी ऐरको टोलीले बझाङमा पुगेर खप्तड छान्ना गाउँपालिका वडा नम्बर २, ३ र ४ का भुकम्प पीडित परिवारलाई पाल,लगाउने ओढ्ने लुगा, कपडा वितरण गरेका हुन् ।
असोज १६ गते ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पु¥याएको छ ।


















