खाेज्नुहाेस

बझाङमा पुन : भूकम्पको धक्का

Image

बझाङ – बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर बुधबार राति १२ बजेर २२ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

navjiwan hospital

भुकम्पविद् डा. शिव सुवेदीका अनुसार बझाङमा ५.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको उनले बताए । उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको पराकम्प गएका छन् ।

attariya hospital

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो । अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको बताईएको छ ।