खाेज्नुहाेस

बझाङका भूकम्प पीडितको बस्तीमा मुख्यमन्त्री : घर पुननिर्माण गर्ने आश्वासन

Image

बझाङ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बझाङमा भूकम्प पीडितको बस्तीमा पुगेका छन । बिहीबार आन्तरिक मामिला कानुन मन्त्री शिवराज भट्ट सहित बझाङ पुगेका मुख्यमन्त्री शाहले शुक्रबार बिहानै देखि भूकम्प पीडितका घर घरमा पुगेर स्थानीयका समस्या सुनिरहेका छन ।

navjiwan hospital

भेटघाटका क्रममा मुख्यमन्त्री शाहले भूकम्पबाट बेघर भएका मानिसहरुको घर प्रदेश सरकारले बनाइदिने बताएका छन ।

attariya hospital

मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि कुनै कसुर बाँकी नराख्ने बताएका छन् । उनले स्थलगत अनुगमन सकिएपछि प्रदेश सरकारले चाँडै राहत घोषणा पनि गर्ने बताए ।