बझाङ भुकम्पमा परेर बेपत्ता भएकी महिलाको शव भेटियो

बझाङ – बझाङ भुकम्पमा परी बेपत्ता भएकी महिलाको शव भटिएको छ ।

maya metro hospital

टिमुर टिप्न गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामी भुकम्प पछि बेपत्ता भएकी थिईन । भुकम्पका कारण आएको पहिरोमा च्यापिएको अवस्थामा उनको शव फेला परेको बताईएको छ ।

joshi vada pasal 2

पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् ।

भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । निरन्तर पराकम्प आइरहेकाले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन ।

सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.