बझाङ – बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण खसेको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । भूकम्पका कारण बझाङ र बैतडीमा १८ जना घाइते भएका छन् ।

टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकामा गरी १६ जना घाइते छन् । घाइते धेरैजसो विद्यार्थी छन् ।