भूकम्पको त्रासपछि खुल्ला आकाशमुनी बास

बझाङ – बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेपछि मानिसहरु खुला आकाशमुनी बसेका छन । भूकम्पको त्रासपछि गयराती बझाङमा अधिकांस मानिसहरु घर बाहिर पाल टागेर बसेका छन ।
बझाङ केन्द्रबिन्दुभएर मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

maya metro hospital

साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि मानिसहरू घरबाहिर निस्किएर खुला चौरमा रात काटेका छन ।

joshi vada pasal 2

भूकम्पका कारण घाइते हुनेको सङ्ख्या ११ जना पुगेको छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.