खाेज्नुहाेस

एसपीए क्यानभास पेन्टिङमा एक्सिस विद्याश्रमका अतित प्रथम

Image

धनगढी – धनगढीको एसपीए कलेजको थियटर एण्ड आर्टस क्लबले आयोजना गरेको एसपीए क्यानभास पेन्टिङमा एक्सिस विद्याश्रमका अतित शर्मा प्रथम भएका छन् ।

अमेरिकन कर्नरसँगको सहकार्यमा एसपीए कलेजमा आयोजना भएको एसपीए क्यानभास पेन्टिङमा एक्सिसकै स्मारिका चौधरी द्धितीय, चैतन्य पाठशालाकी जेन्नी चौधरी तृतीय र एसपीए कलेजका मेखराज तामाङ चौथो भए । यस्तै एसपीएकै अनुप जोशी र सुनिता रोकाया पाँचौ भए ।

attariya hospital
navjiwan hospital

थियटर एण्ड आर्टसले लगातार दोस्रोपटक एसपीए क्यानभास पेन्टिङको आयोजना गरेको हो । जुन सुदूरपश्चिममै भएको पहिलोपटक हो । धनगढीका विभिन्न स्कुल तथा कलेजका १५ जना विद्यार्थीहरुले क्यानभास पेन्टिङमा सहभागिता जनाएका थिए ।

विजेताहरुलाई एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्याय, अमेरिकी कर्नरकी रिसोर्स पर्सन दिव्या बम, निर्णायकहरु आर्ट टिचर तथा गजलकार, पल्लवी तथा वरिष्ठ क्यानभास आर्टिस्ट बिन्नी गुप्ता, थियटर एण्ड आर्टस क्लबकी अध्यक्ष आयुष्मा जोशीलगायत पुरस्कार वितरण गरेका थिए ।

एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले सुदूरपश्चिम क्षेत्रमा भएका विद्यार्थीहरुको पेन्टिङ कलालाई प्रोत्साहित गर्न कार्यक्रमको आयोजना गरिएको बताए । विद्यार्थीहरुको कला र श्रृजनाले मन्त्रमुग्ध बनाएको बताउँदै उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।