बझाङ – बझाङ्गमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालिका – ९ उडीकी ४५ वर्षीया गौमती देवी बोहराको शनिबार गाँजो काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

शनिवार बिहानै ५ बजे गाँजो काट्न गएकी बोहरा ६ बजेको समयमा भीरबाट लडेकी थिइन् ।

भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । बोहरा भीरबाट अन्दाजी ३, ४ सय मिटर तल खसेकि थिइन् ।