बझाङ – बझाङमा दाई नाता पर्नेको हत्या आरोपित ३ दिन पछि पक्राउ परेका छन । शुक्रबार साँझ छबीसपाथिभेरा ७ का ६० वर्षीय जैलु मण्डेललाई चक्कु प्रहार गरी फरार रहेका सोही ठाउँका बिजुली मण्डेल पक्राउ परेका हुन् । जंगलमा लुकिरहेका उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको जनाएको छ ।

जंगलमा स्थानीय र प्रहरीको घेराबाट फुत्केर नजिकैको गाउँमा रहेको स्थानीय लक्षिमन मण्डेलको घरमा पुगेका बेला बिहान साढे छ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले बताए ।

शुक्रबार साँझ ७ः३० बजे हत्या गरि फरार भएका उनलाई खोज्न आरोपित खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि नै सक्रिय रहेको भए पनि भेटाउन सकेका थिएनन् ।
सोमबार बिहान बिजुलीले आफ्नै छोरालाई फोन गरेपछि लुकेको ठाउँमा घेरा हालिएको थियो । उनलाई अहिले सदरमुकाम ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


















