अपी हिमालको बेसक्याम्पमा पर्यटन दिवस मनाइने

धनगढी – पर्वतीय पर्यटनका लागि सुदूरपश्चिमको प्रमुख गन्तव्य दार्चुलास्थित अपी हिमालको बेसक्याम्पमा असोज १० गते अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र नाटा सुदूरपश्चिमसँगको सहकार्यमा अपी हिमाल गाउँपालिकाले बेसक्याम्पमा औपचारिक कार्यक्रम गरेर पर्यटन दिवस मनाउन लागेको हो ।

maya metro hospital
raunak fals and silling

पर्यटन प्रवर्द्धनका लागि बेसक्याम्पमा मनाइने पर्यटन दिवसमा पर्यटक र सरोकारवालाको सहभागिता रहने गाउँपालिकाले जनाएको छ । बेसक्याम्पबाट भ्रमण वर्ष २०८० को समेत उद्घाटन गरिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहोराले जानकारी दिए ।

joshi vada pasal 2

यसले अपी हिमाल गाउँपालिकाभित्र रहेका सुर्मा भवानी मन्दिरलगायत पर्यटकीय स्थल तथा घरवास, वेशभूषा आदिको प्रचारप्रसारमा समेत टेवा पुग्ने आशा गरिएको उनले बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.