खाेज्नुहाेस

बझाङमा जंगली च्याउ खाएर बिरामी परेका अर्का बालकको पनि मृत्यु

Image

बझाङ – बझाङमा जंगली च्याउ खाएर बिरामी परेका अर्का थप एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षिय सुदीप कठायत रहेका छन छन्।

मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालबालिकालाई डडेल्धुरा रिफर गरेको थियो।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

डडेल्धुरा पुर्‍याउन नपाउदै हिजो ७ वर्षिया सञ्जिला कठायतको मृत्यु भएको थियो भने धनगढी ल्याउँदै गर्दा सुदिपको पनि मृत्यु भएको हो । दुबै बालकको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन ।

आमा पुनी कठायतको भने उपचार जारी रहेको छ।

यसअघि प्रकाशित समाचारबझाङमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु