आज गौरा भित्र्याइँदै

अत्तरिया– सुदूरपश्चिमका विभिन्न स्थानहरुमा आज गौरादेवी भित्र्याईदैछ । यहाँको मुख्य पर्वका रुपमा रहेको गौरा पर्वको तेस्रो दिन आज ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउन लागेका हुन ।

maya metro hospital
raunak fals and silling

स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ ।

joshi vada pasal 2

‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

यो बर्ष तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा भदौ ४ गतेदेखि गौरा शुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.