बैतडीमा उपचार नपाइ ज्यान गुमाउँदै सर्पदंशका बिरामी

बैतडी – पछिल्लो समयमा बैतडीमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सर्पदंशका बिरामीहरुको उपचारमा सहज पहुँच नहुँदा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको हो । सर्पले टोकेमा जतिसक्दो चाँडो अस्पतालमा पु-याउनुपर्ने भएपनि वैद्यको भरपर्दा समेत सर्पदंशका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था रही आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

maya metro hospital

‘जतिसक्दो चाँडो अस्पताल पु¥याउनुपर्ने भएपनि त्यसो नहुँदा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ,’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा दिपेश श्रेष्ठले भने । बैतडीमा गएको वैशाखयता सर्पको टोकाइबाट तीनजनाको मृत्यु भइसकेको छ । प्रहरी र सञ्चारमाध्यममा आएको यो तथ्यांक भएपनि सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या यो भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

तीनै जनाको अस्पताल नपु¥याइ मृत्यु भएको देखिएको छ । बैतडीको महाकाली किनार क्षेत्रमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढी देखिएको छ । पञ्चेश्वर गाउँपालिकामा मात्रै गएको ४ महिनामा सर्पको टोकाइबाट दुईजनाको मृत्यु भइसकेको छ ।

attariya hospital

१० स्थानीय तह रहेको बैतडीमा पाटन, मेलौली, खोड्पे र पुचौडी लगायतका पायक पर्ने ठाउँहरुमा सर्पदंश उपचार केन्द्र हुनु पर्ने पाटन ८ का वडा अध्यक्ष हरिष विष्टको माग छ । पछिल्लो समयमा जिल्ला अस्पतालमा सर्पदंशका बिरामीहरुको उपचारको व्यवस्था रहेको भएपनि सर्पले टोकेकाहरुलाई अस्पताल पु¥याउन सकिने अवस्था कमै हुन्छ । भागौलीक दुरी तथा अस्पताल नलगी वैद्य देखाउने चलनले पनि समस्या रहेको छ ।

जिल्ला अस्पताल बैतडीमा सर्पले टोकेका बिरामीहरुको उपचारका लागि एन्टीस्नेक भेनम र भेन्टीलेटरको सुविधा रहेको छ । यसका साथै तालिमप्राप्त दक्ष जनशक्ति समेत रहेको छ । तर सर्पले टोकेका बिरामीहरुलाई अस्पतालमा पु¥याउने चलन छैन । झारफुककै भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा. श्रेष्ठले बताए । जिल्ला अस्पतालमा अहिलेसम्म सर्पदंशका एकजना बिरामीको उपचार गरिएको छ ।

बैतडीको हकमा जिल्ला अस्पताल बैतडी र नजिकको डडेल्धुरा अस्पतालमा सर्पदंशका बिरामीको उपचार हुने भएकाले सर्पले टोकीहालेमा जतिसक्दो चाँडो अस्पताल पु¥याउन डा. श्रेष्ठले सुझाव दिए । सर्पदंशका बिरामीलाई समयमै अस्पताल पुर्याउन सके उनीहरुको ज्यान जोगाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.