बैतडी – बैतडीमा डेंगु देखिएको छ । सिगास गाउँपालिका ६ थालाकाँडीका ३४ बर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो ।

जिल्लामा यो वर्ष पहिलो पटक उनमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
