बैतडीमा हेपाटाइटिसका १९ बिरामी भेटिए

बैतडी – बैतडीको पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँ भाइरल हेपाटाइटिसबाट १९ जना बिरामी भेटिएका छन ।

maya metro hospital

एकै घरका ३ जना बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा परीक्षण गर्दा थप १६ जना भाइरल हेपाटाइटिसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

भाइरल हेपाटाइटिस देखिएका ३ जना बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भट्टले बताए । गाउँका ३ बालबालिका उपचारको लागि जिल्ला अस्पताल आउँदा भाइरल हेपाटाइटिस देखिएको हो ।

attariya hospital

उनले भने, ‘उपचारका लागि आएका बालबालिकामा भाइरल हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएको हो । जसमा थप १६ जनामा भाइरल हेपाटाइटिस पुष्टि भएको छ ।’

स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाले संयुक्त रुपमा भाइरल हेपाटाइटिसका बिरामीहरुको खोजी गरिरहेको हो । भाइरल हेपाटाइटिस प्रकोपको रुपमा नफैलियोस् भनेर बिरामीहरुको खोजी गरी उपचार गर्न लागेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

दूषित पानी र खानपान लगायतका कारण भाइरल हेपाटाइटिस हुने गर्छ । भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जण्डिस हुने, पिसाबमा रगत देखिने लगायत लक्षणहरु देखा पर्छन् ।

यो रोगबाट बच्नका लागि शुद्धीकरण गरेको पानीमात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.