साढे २ बर्षमा बन्नुपर्ने सेती अस्पतालको भवन साढे ५ बर्षमा पनि बनेन

धनगढी – साढे २ बर्षमा निर्माण गर्ने गरी २०७४ कार्तिक २८ गते ठेक्का सम्झौता भएको सेती प्रादेशिक अस्पतालको भवन साढे ५ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । म्याद सकिएपछि पाँच पटक म्याद थपिएको भएपनि अझै १५ प्रतिशत काम बाँकी रहेको छ । २ तले भवन निर्माणका लागि रबिना–थेगिन जेभीसँग १८ करोड ७४ लाख २८ हजारमा ठेक्का सम्झौता भएको थियो ।

maya metro hospital

सम्झौता अनुसार निर्माण कम्पनीले काम नगर्दा हाल अझै अधुरो रहेको छ । भवन निर्माणको काममा ढिलाई हुँदा हाल सेती अस्पतालबाट सेवा प्रभावमा पनि समस्या भइरहेको छ । भवनमा झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’ का काम बाँकी रहेका संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सुचना अधिकारी सौरभ कलौनीले बताएका छन् ।

joshi vada pasal 2

आयोजनाका अनुसार पाँचौ पटकको म्याद पनि सकिएकाले असार ११ गतेदेखि हर्जाना शुरु भइसकेको निर्माण कम्पनीले म्याद थपका लागी फेरी निवेदन दिएको छ । सुचना अधिकारी कलौनीले भने अब म्याद नथपिने बरु हजार्ना तिराएर पनि काम गर्ने बताए ।

भवनमा विद्युतीकरणको डिजाइन परिवर्तन र निर्माण अवधि लम्बिँदा भवनको लागत २१ करोड रुपैयाँ पुगेको छ । तत्कालीन सेती अञ्चल अस्पतालको सेवा विस्तारका लागि सरकारले भवन निर्माणको योजना ल्याएका थियो । सेती अहिले प्रदेशमातहत छ

। भवनको अभाव भएपछि अस्पतालले अधुरो भवनबाटै ओपिडी सेवा सुरु गरेको छ । केही कोठामा निर्माण कम्पनीले रङरोगनसँगै मार्बल लगाएपछि अस्पतालले हालै ओपिडी सुरु गरेको हो । यसअघि ओपिडी सञ्चालन गर्दै आएको भवन सडकको क्षेत्राधिकारभित्र परेपछि धनगढीको सडक विस्तारका क्रममा भत्काउनु परेकाले अधुरो भवनबाटै सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी मेखराज उपाध्यायले बताए ।

प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.