बझाङ – पत्रकारमाथि हातपात गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई सो पार्टीले निलम्बन गरेको छ ।

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

‘पत्रकारमाथि हातपात गरेको भनी आएका बझाङका सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने, ‘अनुशासन समितिले थप अनुसन्धान गर्दै छ ।’

















