बाजुरामा सुदूरपश्चिम सरकारले बनाएका ३४ भवन अलपत्र

बाजुरा — सुदूरपश्चिम सरकारको सहयोगमा बाजुरामा निर्माण गरिएका सडक अलपत्र परेका छन । तीन वर्षको अवधिमा स्वास्थ्य संस्थाका ३४ वटा भवन बनेपनि स्वास्थ्यकर्मी नहुँदा अलपत्र परेका हुन ।
सुदुरपश्चिम सरकारले गएको आर्थिक वर्ष २०७५/७६ मा १९ वटा, २०७६/७७ मा ९ वटा र २०७७/७८ मा १० वटा गरी तीन वर्षमा बाजुरामा मात्रै ३८ वटा स्वास्थ्य चौकीका भवन निर्माण गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय बाजुरा र स्थानीय तहको सहकार्यमा निर्माण भएका यी भवनमध्ये ३४ वटा सञ्चालन नभएर अलपत्र परेका छन् ।

maya metro hospital

आव ०७७÷७८ मा बुढिगंगा नगरपालिका ९ नम्बर वडाकै बासुरे गाउँमा देवलसेन सहरी स्वास्थ्य केन्द्रको भवन १५ लाखमा निर्माण भयो, तर यो केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । सोही बर्ष वडा नम्बर १० मा बथ्रिङ्ग सेन्टर निर्माण भयो, उक्त सेन्टर अहिले भैसी गोठमा परिणत भएको छ ।

joshi vada pasal 2

बुुढिगंगा नगरपालिका– ९ जुवापानीमा पनि प्रदेश सरकारले दुई वटा स्वास्थ्य संस्थाका भवन निर्माण गरेको छ । आव ०७६÷७७ मा २५ लाखमा बनेको डाँडेओखल प्रसुति केन्द्र र आव ०७७÷७८ मा १५ लाखमा बनेको जुवापानी स्वास्थ्य चौकीको भवनबीचको दुरी २ सय मिटर पनि छैन । तर यसमा एक सञ्चालनमा आउन सकेका छैनन् । भवन निर्माणका बेला नगरपालिकाले आवश्यक जनशक्ति पूर्ति गरी सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको भए पनि अझैसम्म यि संस्थामा स्वास्थ्यकर्मी छैनन् ।

स्वास्थ्य संस्थामा समान्यतया एकजना अहेब, एकजना अनमि र एकजना कार्यालय सहयोगि हुनुपर्ने हुन्छ । स्वास्थ्यकर्मी व्यबस्थापन गर्ने जिम्मा नगरपालिकाको हो, तर नगरपालिकाले भने स्वास्थ्यकर्मी व्यबस्थापनमा कुनै पहल नै नगरेको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।

यी भवन निर्माणको योजना वडा कार्यालय वा नगरपालिकाले सिफारिसमा नभई सोझै प्रदेश सरकार सामाजिक मन्त्रालयलबाट आएको बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष मिन बहादुर सिंहले वताएका छन् ।

स्थानिय तह बाट माग नभई सिधै मन्त्रालय बाट आउने गरेका छन्, निर्माण हुने बेला मात्र हामीले शिफारीस गरेर पठाउने गरेको सिंहले वताए ।बुढिगंगा नगरपालिकामा मात्रै प्रदेश सरकारले तीन वर्षमा सात वटा स्वास्थ्य चौकीका भवन निर्माण भए । जसमा ४ वटा प्रसुति केन्द्र निर्माण र ३ वटा शहरि स्वास्थ्य चौकी भनेर भवन निर्माण भए, तर आवश्यक जनशक्तिको अभावमा कुनै पनि सञ्चालनमा आउन नसकेको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले वताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.