बैतडीमा स्वास्थ्यसम्बन्धी तालिम नलिइ मेडिकल सञ्चालक गरिरहेकी शाह धरौटीमा रिहा

बैतडी – बैतडीको पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरी बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन् । श्यामाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि जिल्ला अदालतले ३० हजार धरौटीमा श्यामालाई रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

maya metro hospital

मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधि बिक्री गरिरहेको अवस्थामा दुई हप्ता अगाडि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र निजले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधिसमेत बिक्री गरिरहेकाले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनको भनाइ थियो ।

joshi vada pasal 2

‘श्यामा क्लिनिक’ बिना अनुमति सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले गत जेठमा क्लिनिक सिल गरेको थियो ।

गाउँपालिकाले क्लिनिक सञ्चालनका लागि अनुमति दिए पनि श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.