न्यूनतम पारिश्रमिक निर्धारणका लागि दबाब डडेल्धुरा प्रशासन मार्फत ज्ञापनपत्र

डडेल्धुरा – न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गर्दै ट्रेड युनियन कांग्रेस डडेल्धुराले ज्ञापन पत्र बुझाएको छ । ट्रेड युनियनले न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

maya metro hospital

वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनुपर्ने नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारीले बताए । यसकै दबाब स्वरूप बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराले ज्ञापनपत्र बुझाएको हो ।

joshi vada pasal 2

ज्ञापन–पत्रमा भनिएको छ ‘वर्तमान समयको मूल्य वृद्धि र महँगीलाई समेत ध्यानमा राखी नेपाल ट्रेड युनियन कांग्रेसले मिति २०८० आषाढ ४–६ सम्म काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्यूनतम् मासिक २५ हजार रुपैयाँ हुनुपर्ने निर्णय गरेको छ ।

यही निर्णय अनुसार विभिन्न छलफल र संवादमा समेत यही अडान राख्दै आएको छ । यसको निमित्त उत्पादकत्व वृद्धि कार्ययोजनामा पूर्ण सहयोग गर्न नेपाल ट्रेड युनियन कांग्रेस प्रतिबद्ध रहेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.