
बझाङ – बझाङमा सेती नदीको बीचमा एक महिलाको शव फेला परेको छ । थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बीच भागको टापुमा ति महिलाको शव फेला परेको हो ।
अन्दाजि ३५/४० वर्षीय महिलाको शवको पहिचालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।


















