बैतडीमा लम्पी स्किनका कारण धमाधम मर्दै पशुचौपाया

बैतडी – बैतडीमा लम्पी स्किनको खोप पर्याप्त नहुँदा पशुचौपायाहरु धमाधम मर्न थालेका छन । लम्पी स्किन रोग नियन्त्रणबाहिर गए पनि जिल्लामा हालसम्म पर्याप्त खोप उपलब्ध हुन सकेको छैन । लम्पी स्किनले पशुचौपायाहरु धमाधम मर्न थालेपनि हालसम्म खोप उपलब्ध हुन नसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशुविकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डाक्टर विशाल पाठकले जानकारी दिए ।

maya metro hospital

महामारीका रुपमा फैलिएको यो रोगबाट हालसम्म ६४ हजार १९७ घरपालुवा पशु संक्रमित छन् । रोगका कारण नौ हजार २९८ पशुचौपाया मरिसकेका डाक्टर पाठकले बताए । लम्पी स्कीनका कारण बाच्छाबाच्छी, गाई, गोरु र भैसी बढी प्रभावित भएका छन् । ‘लम्पी स्किनको संक्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोप उपलब्ध हुन सकेको छैन’, उनले भने, ‘प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौँ ।’

joshi vada pasal 2

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ । यो रोग फैलिएको छ । लेकाली चिसो हुने गाउँहरूमा कम छ । अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ’, उनले भने ।

सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ । लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुहरुको उपचारमा समस्या भएको छ । ‘सामान्य औषधोउपचार बाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन । अहिले संक्रमित देखिएका पशु पनि मर्ने क्रम झन बढ्ने देखिन्छ ।’

यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दश जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्त जोड दिन्छन् । ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन’, उनले भने, ‘अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’ बैतडीमा गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा परेको र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिँगान तथा ¥याल बगाउने, शरीरमा गीर्खा आउने, खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन् ।

यो रोग झिँगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाई, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.