अत्तरिया – नेपाल साँस्कृतिक महासंघ चुरे गाउँपालिकाको प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच अधिवेशन सम्पन्न भएको हो ।

महासंघका चुरे गाउँपालिका सभापति दामोदर रिजालको सभापतित्वमा भएको अधिबेशनका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाल साँस्कृतिक महासंघ केन्द्रीय उपसभापती सुरत रावत (डोटेली कान्छा) रहेका थिए ।

महाधिवेशनमा बुद्धि सागर सापकोटाको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । जसको उपसभापतिमा मनिराम अधिकारी (मिलन) र सचिबमा मानबहादुर धामी चयन भएका छन भने सदस्यहरुमा दलि बोहरा, जितबहादुर खडायत र केपि मगर सर्बसम्मतले चयन भएका छन ।



















