विश्वविद्यालयको माग गर्दै हाेम

धनगढी – गेटा मेडिकल कलेजलाई बजेटमा प्रतिष्ठानका रुपमा राखेको विरोध र विश्वविद्यालय स्थापनाको माग गर्दै कैलालीमा डेढ महिनादेखि निरन्तर आन्दोलन भइरहेको छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनका क्रममा बिहीबार मेडिकल कलेज भवन प्रांगणबाहिर वैदिक परम्पराअनुसार पूजा र हवन गरिएको छ ।

maya metro hospital

विश्वविद्यालय विधेयक अविलम्ब पारित गरी गेटामा ६ सय शैय्याको अस्पताल सञ्चालन गर्न दबाब दिने उद्देश्यले आन्दोलन जारी रहेको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले जानकारी दिए ।

joshi vada pasal 2

प्रधानमन्त्री पुष्पकमल दाहालले गेटामै पुगेर सुदूरपश्चिमलाई सरकारले विश्वविद्यालय उपहार दिएको घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणाविपरीत बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा बजेट छुट्याएपछि स्थानीयले निरन्तर विश्वविद्यालयको माग गर्दै आन्दोलन गरिरहेका हुन् ।

जेठ १६ गतेदेखि आन्दोलन सुरु भए पनि सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप आन्दोलनकारीको छ । संघर्ष समितिका संयोजक पाण्डेय ६ सय शैय्याको अस्पतालसहित विश्वविद्यालय स्थापना नहुँदासम्म आन्दोलन जारी रहने बताउँछन् ।

पाण्डेयले भने, ‘कहिले मेडिकल कलेज, कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान त कहिले विश्वविद्यालय भन्दै सरकारले अन्योल सिर्जना गर्ने काम गरिरहेको छ ।’ उनले मेडिकल कलेजको घोषणा हुन २८ वर्षसम्म कुरेका सुदूरपश्चिमवासीले सरकारका घोषणामा विश्वास नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.