बिर्ख बोहरा /बझाङ – बाख्रा पालन कृषकका लागिमुख्यमन्त्री एकीकृत कृषि पशुपन्छी बिकास कार्यक्रमवाट भेटनेरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बझाङ द्वारा खोर निर्माण र उन्नत जातका बाख्रा बितरण गरेको छ ।
सुदुरपश्चिम प्रदेश सरकार भुमि व्यावस्था तथा कृषि सहकारी मन्त्रालय अन्तरगत तयारी गरिएको मुख्यमन्त्री एकीकृत कृषि तथा पशु पन्छी बिकास कार्यक्रम मार्फत आर्थिक बर्ष २०७९/०८०का लागि बाख्रा पालन विशेष क्षेत्र निर्धारण गरि जिल्लाको तलकोट गाउपालिका ७ किदन्नको संर्घषशिल भेडा बाख्रा पालन समुहलाई उक्त अनुदान प्रदान गरेको छ ।


पुरानै शैलीमा भेडा बाख्रा पालन गर्दा बाख्राको सुरक्षा र बास बस्ने गोठको समेत समस्या हुने गरेका बेला बिज्ञ केन्द्र र प्रदेश सरकारले यस्तो खालको कार्यक्रम ल्याएको हो ।
संर्घषशिल भेडा बाख्रा पालन समुहका अध्यक्ष जोगन धामीले खोर सहित बाख्रा वितरण गरिएपछि व्यवसाय गर्न सहज भएको बताए ।
किदन्नको संर्घषशिल भेडा बाख्रा पालन समुहलाई ३० लाख अनुदानमा समुहका १० जना कृषकलाई खोर निर्माण र ४० जना कृषकलाई उन्नत जातका ९० वटा बाख्रा बितरण गर्नुका साथै समुहका ५० जना कृषकलाई बाख्रा पालन तालिम, बाख्राको चारा दाना खरिद र बाख्राको औषधी खरिद गर्नुका साथै १ जना सहजकर्ता सहित नियुक्ति गरिएको छ ।
जिल्लाको तलकोट गाउपालिका – ७ किदन्न गाउँ बाख्रापालनका लागि उपयुक्त क्षेत्र भएकाले बाख्रा वितरण गरिएको भेटनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बझाङ प्रमुख बिनोद कठायतले बताए । उनले उन्नत जातका बाख्राको पालन गरि कृषकलाई आत्मनिर्भर व्यवसायि बनाउनका साथै जिल्लालाई मासुमा आत्म निर्भर बनाउन प्रदेश सरकारले यो कार्यक्रमको सुरुवाद गरेको बताए ।
बाख्रापालननका लागि बझाङ्गका अधिकाँश पालिकामा राम्रो चरन क्षेत्र हुनुका साथै विभिन्न जातका बाख्राका लागि सुहाउदो हावापानी सहित भएकाले बाख्रा पालन गर्दा कृषकलाई पर्ने प्राबिधिक समस्या समाधान गर्न एक जना सहजकर्ता सहित बिज्ञ केन्द्रले नियुक्ति गरिएको उनले बताए ।


















