मेलौलीमा तीन हप्तादेखी एक्सरे सेवा बन्द

बैतडी – बैतडीको तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द भएको छ । यहाँ गएको तीन हप्तादेखि एक्सरे सेवा बन्द भएको हो ।

maya metro hospital

मेलौली नगरक्षेत्रमा गएको तीनहप्तादेखि विद्युत सेवा अवरुद्ध हुँदा त्यसको असर स्वास्थ्य केन्द्रमा पनि परेको छ । मेलौलीमा विद्युतको राष्ट्रिय प्रशारण लाइन बिस्तार हुन सकेको छैन् । स्थानीय सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजनाबाट आउने बिजुलीले तीन हप्तादेखि अवरुद्ध छ । परियोजनाको ट्रान्सफर्मरमा आगलागी हुँदा सेवा अवरुद्ध रहेको हो ।

joshi vada pasal 2

विद्युत नहुँदा नै एक्सरे सेवा बन्द भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका डा. सन्जिन केसीले बताए । विद्युत अवरुद्ध भएकै कारण एक्सरे लगायत विद्युतीय माध्यमबाट उपचार गरिने सबै सेवाहरू प्रभावित भएका छन् ।

उनले भने, ‘ विद्युत अवरुद्धका कारण बिरामीहरूलाई सेवा दिन समस्या भएको छ्,हामीसँग भएको सोलारले लोड धान्न नसकेपछि एक्सरे सेवा पनि बन्द रहेको छ ।’
एक्सरे सेवा लिनकै लागि टाढा टाढाबाट आएका बिरामीहरू सो सेवा बन्द हुँदा समस्यामा परेका छन् । खुट्टामा चोट लागेर आएकी शिवनाथकी कस्तुरा धनाडी एक्सरे नगरेरै फर्किएकी छिन् । उनले भनिन्, ‘खुट्टामा चोट लागेर एक्सरे गर्न स्वास्थ्य केन्द्र आएकी हुँ तर एक्सरे नगरेरै सामान्य औषधि लिएर घर फर्किए । डाक्टर साहेबले औषधिले ठिक नभए अन्त जानुहोला भन्नुभएको छ ।’

यस्तै शिवनाथकै प्रमल सिंह साउँद पनि छोरीको हातमा चोट लागेपछि एक्सरे गराउन स्वास्थ्यकेन्द्र पुगे । तर एक्सरे सेवा बन्द हुँदा सामान्य औषधि लिदैं फर्किए ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ५–६ जना एक्सरे गर्नका लागि आउने गरेका छन् । तर एक्सरे सेवा बन्द हुँदा यहाँ आउने बिरामीहरू सदरमुकाम, पाटन, डडेल्धुरा जान बाध्य भएका छन् ।

विद्युत वितरण गरिरहेको सुर्नयागाढ चौथो लघुजलविद्युत परियोजना कोषाध्यक्ष जगतसिंह विष्टले हावाहुरी तथा चट्याङले ट्रान्सफर्मरमा आगलागी हुँदा विद्युत अवरुद्ध भएको र केही दिनमै सुचारु हुने बताए । उनले भने,’ चट्याङले ट्रान्सफर्मरमा आगलागी भएको हो। आगलागीबाट बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि धनगढी पठाएको छौं । केहि दिनमा विद्युत सेवा सुचारु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.