गेटामा स्वास्थ्य विश्वविद्यालयका लागि शखं र सिट्टी बजाएर प्रदर्शन

अत्तरिया – कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने सुचिश्चितताको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा अगाडी विरोध प्रदर्शन गरिएको छ ।
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिको आयोजनामा प्रदेश सभा अगाडि शङ्ख र सिटी बजार विरोध प्रदर्शन गरिएको हो ।

maya metro hospital

सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेर नीति कार्यक्रममा पनि गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्ने उल्लेख गरिएपनि बजेटमा प्रतिष्ठान बनाएर १ सय वेडको मात्रै अस्पताल चलाउने बताएपछि सुरु भएको आन्दोलन २ साता देखि जारी रहेको छ ।

joshi vada pasal 2

बजेटमा त्रुटी भएको भन्दै गेटामा विश्वविद्यालय नै बनाउने प्रधानमन्त्री, अर्थमन्त्रीले प्रतिवद्धता जनाएपनि बजेटमा भएको त्रुटी सच्याउन हाल सम्म पनि कुनै पहल नभएको भन्दै आन्दोलनका कार्यक्रम जारी रहेका छन ।

संघर्ष समितिले स्वास्थ्य विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गरिनुपर्ने, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गरिनुपर्ने र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै आन्दोलनका कार्यक्रम जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.