बझाङ – बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको यार्सा संकलनका क्रममा लडेर ज्यान गएको हो ।

सुर्मा ४ स्थीत हलेली भन्ने स्थानमा बिहीबार वेलुका ६ बजे लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै घर फर्किरहेका थिए ।

एक्लै घर फर्किरहेका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको स्थानीय दिपेश दमाईले बताए ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलबाट शव ल्याएर मुचुल्का तयार गरेपछि जेठाराको दाहसंस्कारको तयारी भइरहेको छ ।