बझाङमा आजदेखि यातायात सेवा सुचारु

बझाङ – बझाङमा लामो दुरीका सवारी साधनहरु आज देखि सञ्चालन हुने भएका छन् । नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती भएपछि पाँच दिन देखि बन्द भएका लामो दुरीका सवारी साधनहरु सञ्चालन हुने भएका हुन् ।

maya metro hospital

केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको नयाँ भाडादर तोकेको थियो । जसअन्र्तगत धनगढीदेखी बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो । तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने भन्दै आन्दोलित भएका थिए ।

joshi vada pasal 2

बुधबार भएको नयाँ सहमती अनुसार प्रदेश सरकारले जारि गरेको भाडा दर लागु नगरेर अव प्रतिकिलोमिटर ४ रुपैयाका दरले कायम गर्ने सहमति भयपछी अवरुद्द यातायात आज विहानवाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।पाँच दिनदेखि सार्वजनिक सवारी साधनहरु पुर्ण रुपमा बन्द भएपछि जिल्ला आउने र बाहिर जाने यात्रुहरु भने समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.