महाकाली प्रादेशिक अस्पतालको गुणस्तर वृद्धि

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको पाइएको हो ।

maya metro hospital

स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए–नभएको हरेक छ–छ महिनामा अनुगमन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशतमात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पु¥याएको छ । त्यसैगरी २०२० मा अस्पतालले सेवा सुधार गर्दै ६३ प्रतिशत पु¥याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत, २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो ।

joshi vada pasal 2

स्वास्थ्य सेवा विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सञ्चालन भए–नभएको हेर्ने गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए । उनले विगतका तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए । ‘हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै दिने गरेका छौँ’, उनले भने, ‘अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, जसले गर्दा बिरामीको चाप बढेको छ ।’

उनले शतप्रतिशत पु¥याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारको क्रममा भेटिएका पुष्पा पन्तले अस्पतालमा सहजरूपमा सेवा पाइरहेको बताए ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको बताउँदै यहाँका स्थानीयले घरआँगन मै उपचार पाउने गरेको बताए । ‘एक विशेषज्ञ चिकित्सक बस्ने अस्पतालमा अहिले १४ जना विशेषज्ञ चिकित्सक छन् त्यस्तै अन्य सुविधा पनि थप भएका छन् ।’ उनले भने, ‘अस्पतालमा राजनीतिक आग्रह–पूर्वाग्रहले गर्दा बेला–बेला विवादमा आउने गरेको छ अस्पतालमा राजनीति गर्नु हुँदैन ।’

महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.