खाेज्नुहाेस

वर्तमान पत्रकारिताको अभ्यास र चुनौती बिषयक अभिमुखिकरण

Image

प्रदिप मलासी/बझाङ – वर्तमान पत्रकारिताको अभ्यास र चुनौती बिषयक १ दिने अभिमुखिकरण सम्पन्न भएको छ । पत्रकार महासंघ बझाङ शाखाको आयोजना र खप्तडछान्ना गाउँपालिका बझाङको आर्थिक सहयोगमा पत्रकारिताको अभ्यास र चुनौती बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरणमा पत्रकारिता क्षेत्रमा सुधार ल्याउन र पत्रकारहरुको दैनिकी कार्यमा हुँदै गरेका चुनौती सामाना गर्न के कस्ता कार्यलाई अगाडि बढाउने र पत्रकारका चुनौतीपूर्ण कार्यलाई समाधान गर्न कस्ता खालका काम गर्ने भन्ने बिषयमा छलफल गरिएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

कार्यक्रममा बोल्दै खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले पत्रकारिता क्षेत्र भनेको एक विशुद्व पेशा भएकाले यो पेशाको सहि सदुपयोग गर्दै राज्यका हरेक कामकाजको सहि निगरानी गर्नुपर्ने बताए । उनले पत्रकार राज्यको चौथो अंग भएकाले पत्रकारले समाज र जनतालाई दिने सुचनामा विश्वासनियता र भर पर्दो हुनु पर्ने बताए ।

navjiwan hospital

जयपृथ्वी नगरपालिका बझाङ्गका प्रमुख चेतराज बजालले देशका हरेक व्यवस्था बदल्न पत्रकारहरुको अहम भूमिका रहने र बिश्वका हरेक क्रान्तिको हुँदा पनि पत्रकारहरुले ठूलो भुमिका खेलेरै समाज विकास र रुपान्तरणका पक्षमा भुमिका निर्वाह गरेकाले राज्यको एक बिश्वास गर्न लायकको अंङ्ग नै पत्रकार भएको बताए ।

राज्यले सबै सूचना जनताको हितमा प्रकाशन र प्रसारण गर्ने भएकाले यदि कुनै पनि तहको सरकारले बदमासी गरि सुचना लुकाउने कार्य गरे सो सूचनालाई सार्वजनिक गर्ने क्षमता पनि पत्रकारले नै राख्नु पर्ने उनले बताए ।

पत्रकार समाजको ऐना भएकाले सहि कुराको सत्यतथ्थ जानकारी सहित समाचार सम्प्रेषण गर्नु पर्ने बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

पत्रकार महासंघ बझाङ शाखाको आयोजना र खप्तडछान्ना गाउँपालिका बझाङको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र कुमार रोकायाको अध्यक्षता सम्पन्न भएको थियो ।