गेटा स्वास्थ्य विश्वविद्यालय संघर्ष समितिले भोलि आगामी रणनीतिका बिषयमा अन्तरक्रिया गर्ने

अत्तरिया – कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले भोलि (बुधबार) आगामी रणनीतिका बिषयमा अन्तरक्रिया गर्ने भएको छ । संघर्ष समितिले सरोकारवाला निकायबीच धनगढीको देव तालिम केन्द्रमा आगामी रणनीतिका बिषयमा अन्तरक्रिया गर्न लागेको हो ।

maya metro hospital

संघर्ष समितिका सचिव धर्म सिह कुँवरले सरकारको अझै पनि आधिकारीक रुपमा गेटामा स्वास्थ्य विश्वविद्यालय बनाउने बिषयमा स्पष्ट धारणा नआएकाले आगामी दिनमा कसरी अगाडी बढ्ने बिषयमा रणनीतिक अन्तरक्रिया गर्न लागिएको बताए ।

joshi vada pasal 2

उनले मंगलबार बसेको सघर्ष समितिको बैठकले धनगढीको देव तालिम केन्द्रमा दिउँसो ३ बजे अन्तरक्रिया गरिने बताए । रणनीतिक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यविज्ञ, कानुनव्यवसायी, बैद्धिक व्यक्तित्व, पत्रकार, गेटा स्वास्थ्य विश्वविद्यालयका बिषयमा सरोकार राख्ने व्यक्तिहरु सहभागि हुने उनले बताए ।

संघर्ष समितिका सह– संयोजक आनन्द भट्टले पछिल्लो सघर्षका कार्यक्रम पछि नेताहरुले गेटामा स्वास्थ्य विश्वविद्यालय बनाउने प्रतिवद्धता गरेपनि आधिकारीक निकायबाट अझै स्पष्ट आधिकारीक धारणा नआएकाले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि कसरी अगाडी बढ्ने भनेर छलफल गर्न लागिएको बताए ।

संघिय सरकारले आर्थीक बर्ष २०८०/८१ को बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान संचालन गरेर १ सय बेडको अस्पताल संचालन गर्ने भनेपछि सुदूरपश्चिममा संघर्षका कार्यक्रम हुँदै आएका छन । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेर नीति कार्यक्रममा पनि गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्ने उल्लेख गरिएपनि बजेटमा प्रतिष्ठान बनाएर १ सय वेडको मात्रै अस्पताल चलाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.