सरकार गेटामा विश्वविद्यालयको विरुद्धमा उभियो भन्ने कुरा सत्य होइन : खगराज भट्ट

अत्तरिया – सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले संघिय सरकार गेटामा विश्वविद्यालयको विरुद्धमा उभियो भन्ने कुरा सत्य नभएको बताएका छन । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका भट्टले माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघिय सरकार पूर्ण रुपमा गेटामा विश्वविद्यालय निर्माणको लागि प्रतिवद्ध रहेकाले भ्रममा नपर्न आग्रह गरे ।

maya metro hospital
raunak fals and silling

‘यो सरकारका प्रधानमन्त्री तिनै हुन जसले इतिहासमा पहिलो पटक गेटामा विश्वविद्यालय घोषणा गराएका थिए’ उनले भने ‘गेटामा विश्वविद्यालय बनाउनु पर्छ भनेर राष्ट्रिय राजनीतिक सहमति निर्माण गरेर त्यो आधारमा मन्त्रीपरिषदबाट निर्णय गरेर विधयक बनाएर नीति कार्यक्रम सम्म पनि प्राथमिकतामा राखेर अगाडी बढाउने कुरा यसै सरकारले नै गरेको हो । त्यसैले यो सरकारलाई गेटामा विश्वविद्यालयको विरुद्धमा उभियो भनेर प्रचार गर्ने कुरा सत्य होइन ।’

joshi vada pasal 2

उनले यो बिषयलाई राजनीतिक लाभ हानीको बिषय बनाउने प्रयास गरिएको बताए । उनले बजेटमा अहिले भएको त्रुटी सच्याउन सरकार निष्ठापुर्वक लागेको बताए ।

‘सरकार बजेटमा भएको त्रुटिलाई सच्याउन प्रतिवद्ध छ । यसलाई सच्याएर विश्वविद्यालय बनाउनको लागि निष्ठापुर्वक उभिएको छ’ उनले भने ‘सदनमा अर्थमन्त्री ज्युले पनि बजेट १ अरब भन्दा बढी छुट्याइएको बताउनु भएको छ । शिक्षा र स्वास्थ्यबाट आएको फरक फरक शिर्षकको कारणबाट समस्या पैदा भएको हो । शिक्षाको आधारमा गरिएको भए विश्वविद्यालय हुने थियो । तर, स्वास्थ्यकै योजना लिपिवद्ध हुँदा प्रतिष्ठान हुन पुग्यो भन्ने कुरा बोल्नुभएको छ । यो बिषय सच्चिन्छ । सच्याइन्छ ।’

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.