गेटामा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै प्रदेशसभा अगाडी मौन अनसन

अत्तरिया – कैलालीको गेटामा शहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै प्रदेश सभा अगाडी मौन अनसन सुरु गरिएको छ । कैलालीको गोदावरी नगरपालिका – १ का पर्वत जोशी मौन अनसनमा बसेका हुन ।

maya metro hospital

उनी सुदूरपश्चिम प्रदेश सभाको गेट अगाडी ‘६ सय शैय्या सहितको शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय संचालन गर्न माग सहितको मौन अनसन’ लेखिएको पोष्टर लगाएर बसेका छन ।

joshi vada pasal 2
raunak fals and silling

यसैबीच गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै आज प्रदेश सभा घेराउ गर्ने कार्यक्रम पनि रहेको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय संचालनार्थ संघर्ष समितिले प्रदेश सभा घेराउ गरेर ३ बजेका लागि बोलाईएको प्रदेश सभा बैठकमा प्रदेशसभा सदस्यलाई प्रवेश गर्न नदिने कार्यक्रम गर्दै छ ।

संघिय सरकारले आर्थीक बर्ष २०८०/८१ को बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान संचालन गरेर १ सय बेडको अस्पताल संचालन गर्ने भनेपछि सुरु भएको आन्दोलन चर्किदै गएको छ ।

सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेर नीति कार्यक्रममा पनि गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्ने उल्लेख गरिएपनि बजेटमा प्रतिष्ठान बनाएर १ सय वेडको मात्रै अस्पताल चलाउने भनेपछि आन्दोलन चर्किएको हो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.