भोलि सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई प्रदेशसभामा निषेध गरिने

अत्तरिया – गेटामा विश्वविद्यालय स्थापनाका लागि दवाव दिन भोलि सुदूरपश्चिम प्रदेश सभाको गेटमा प्रदेशसभा सदस्यहरुलाई प्रवेश निषेध गरिने भएको छ ।

maya metro hospital

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तरगत भोलि सोमबार दिउँसो २ बजे प्रदेशसभा सदस्यलाई प्रवेश निषेधको कार्यक्रम गर्न लागेको हो ।

संघर्ष समितिले आइतबार सुदूरपश्चिम प्रदेशमा आम हड्तालको घोषणा गरेको थियो । उक्त आम हड्तालमा सहयोग गर्ने सबैलाई सघर्ष समितिले आभार व्यक्त गरेको छ । आम हड्तालमा सुदूरपश्चिमका विभिन्न स्थानमा स्वस्फुर्त रुपमा आन्दोलनको नेतृत्व गर्ने सबैलाई संघर्ष समितिले कृतज्ञता व्यक्त गरेको छ ।

attariya hospital

संघिय सरकारले आर्थीक बर्ष २०८०/८१ को बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान संचालन गरेर १ सय बेडको अस्पताल संचालन गर्ने भनेपछि सुरु भएको आन्दोलन सुदूरपश्चिममा चर्किदै गएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.