चर्को गर्मीका बीच बन्दकर्ता सडकमा, सुदूरपश्चिम ठप्प

अत्तरिया – गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमको यातायात सेवा ठप्पा भएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले आह्वान गरेको बन्दका कारण प्रदेशमा लामो दुरीका सार्वजनिक सवारी साधन ठप्प भएका छन भने छोटो दुरीका सवारी साधन पनि छिटफुट बाहेकका क्षेत्रमा बन्छ रहेका छन । बजार व्यवसाय पनि बन्दका कारण ठप्प बनेका छन ।

maya metro hospital

१ दिनका लागि आह्वान गरेको आम हड्ताललाई सफल पार्न ठाउँ ठाउँमा स्थानीयहरु स्वफर्त रुपमा सडकमा आएको संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले बताएका छन । उनले कैलाली– कञ्चनपुरका दर्जनौ क्षेत्र सहित पहाडी जिल्लाका सदरमुकाम लगायत बजार क्षेत्रमा बन्दकर्ताहरुले यातायातका सेवा बन्द गरेको बताए । उनले केही स्थानीय तहहरुले पनि कामकाज बन्द गरेको बताए ।

पछिल्लो केही दिन यता तराइका जिल्लामा बढेको गर्मीमा बीच पनि बन्दकर्ताहरु सडकमा उत्रिएर बन्दका कार्यक्रम गरिरहेका छन । चर्को गर्मीका बीच अत्तरियामा पनि बिहानै देखि बन्दकर्ता सडकमा बसेका छन । उनीहरुले ठूला तथा साना सवारी साधन चल्न दिएका छैनन् ।

attariya hospital

यसैबीच बन्द कर्ताले गोदावरी नगरपालिका कार्यलय र वडा कार्यालयका जनप्रतिनिधि कर्मचारीलाई बाहिर निकालेर कार्यालय बन्द गराएका छन । बन्दको समयमा कार्यालय संचालन गरेको भन्दै बन्दकर्ताले जनप्रतिनिधि कर्मचारीलाई बाहिर निकालेर कार्यालय बन्द गराएका थिए ।

संयोजक पाण्डेयले बन्दका कार्यक्रम शान्तिपूर्ण रुपमा चलिरहेको बताएका छन । बन्दका क्रममा धनगढीमा ५ जनालाई बिहान प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई अहिले रिहाई गरिसकिएको संघर्ष समितिका सह संयोजक आनन्द भट्टले बताएका छन ।

आन्दोलनमा सहभागि पुर्व राज्य मन्त्री चुन कुमारी चौधरीले सरकारले जनताको भावना संग खेलबाड गरेकाले आन्दोलनका कार्यक्रम गरिएको बताइन् । उनले सुदूरपश्चिमको सरोकारको विषमा यो पार्टी त्यो पार्टी नभनी सबै सहभागि हुन आवश्यक रहेको बताइन् । उनले सुदूरपश्चिम सरकारले पनि यस बिषयमा बोल्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.