दार्चुलामा ३३ वर्षिया सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

दार्चुला – दार्चुलाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । जिल्लाको लेकम गाउँपालिका– २ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

maya metro hospital

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.