बझाङमा जीप व्यवसायीहरुको मनोमानी भाडा असुल्ने क्रम अझै रोकिएन्

बझाङ – बझाङमा सञ्चालन भइरहेका जीप धनीहरुले यात्रुहरुवाट मनपरी भाडा लिने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् ।

Karma Consultancy

जिल्लामा सवारी साधनहरुले यात्रुहरुबाट चर्को भाडा लिइरहेको गुनासो गरेपछी जिल्ला प्रशनसन कार्यालयले सवारी साधनको भाडादर कायम गरी लागु गर्न निर्देशन दिएको थियो । तर सवारी धनीहरुले भने भाडादर कार्यन्वयन गरेका छैनन् ।

citizen security services

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको जिल्ला यातायात व्यवस्थापन समितीको बैठकले जयपृथ्वी राजमार्गमा प्रतिकिलोमिटरमा ९ रुपैयाँ र गा्रमिण भेगका सडक खण्डमा प्रतिकिलोमिटर २० रुपैयाँ भाडादर तोकेको थियो । तर जीप धनीहरुले पक्की सडक खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँ र कच्ची सडक खण्डमा प्रतिकिलोमिटर ३० देखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।

attariya hospital

जिल्ला प्रशासन कार्यालय बझाङले चैनपुरदेखी तमैलसम्मको ११ किलोमिटरको भाडा ९९ रुपैयाँ कायम गरेको भएपनि जीपधनीहरुले १ सय ५० रुपैयाँ देखि १ सय ७० रुपैयाँसम्म लिने गरेको पाइएको छ । त्यसैगरी जिल्लाका विभिन्न कच्ची सडक खण्डमा समेत जीप धनीहरुले आफ्नो मनोमानी तरिकाले भाडा लिइरहेका छन् । खप्तडछान्ना गाउँपालिकामा जीप धनीहरुले पुरानै भाडा लिरहेको भएपनि सम्बन्धित निकाय मौन रहेको स्थानीय सरिता सिहले बताइन् ।

जिल्ला प्रशासनले बेलाबेला भाडादर कायम गर्ने गरेको भएपनि त्यसलाई कार्यान्वयन गर्न नसेको भन्दै प्रशासनको पनि आलोचना बढ्दै गइरहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशले तोकेको भाडादर पनि कायम हुन सकेको छैन् । प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको भाडादर तोकिएको भएपनि भाडादर लागुभने भएको छैन् ।

प्रदेश सरकारले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले भाडादर नघटाउने बताउँदै आएका छन् । इन्धनको मुल्य घट्दा पनि भाडादर नघटेपछी नागरिकहरु भने चर्को भाडादरको मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.