गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको होर्डिङ बोर्ड राखियो

अत्तरिया – कैलालीको गेटामा जनस्तरबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखिएको छ । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो ।

maya metro hospital

निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।

बजेटमा प्रतिष्ठान बनाएर १ सय बेडको अस्पताल संचालन गर्ने भनिएपछि संघर्ष समितिले बिरोध स्वरुप शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखेको हो । होर्डिङ बोर्ड राख्नु अघि संघर्ष समितिले अत्तरिया चोकबाट बाजागाजा सहित -याली निकालेको थियो । उक्त -यालीले नै गेटामा पुगेर होर्डिङ बोर्ड राखेको थियो ।

attariya hospital

संघर्ष समितिले मन्त्रिपरिषदको निर्णय अनुसार गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापना गरेर ६ सय शैय्याको अस्पताल संचालन गर्नुपर्ने माग गर्दै आइरहेको छ ।

विरोध स्वरुप संघर्ष समितिले बिहिबार गोदावरी नगर बन्दको घोषणा गरेको थियो । बिहान ८ बजे देखि साँझ ६ बजे सम्मका लागि गरिएको बन्दका कारण यस क्षेत्रको मुख्य बजार अत्तरिया दिनभर बन्द रहेको थियो भने गोदावरी भित्र पर्ने अन्य साना बजारहरु पनि बन्दको प्रभाव परेको थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.