गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाको माग गर्दै अत्तरिया बजार बन्द

अत्तरिया – शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आह्वानमा आज अत्तरिया बजार बन्द गरिएको छ । संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्तरगत अत्तरिया बजार व्यवसाय बन्द गरिएको हो ।

maya metro hospital

बिहान ८ बजे देखि गरिएको बन्द साँझ ६ बजे सम्म जारी संघर्ष समितिका सचिव धर्म सिह कुुँवरले बताएका छन ।

joshi vada pasal 2

अत्तरिया बजारमा बिहान बजार खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बजार बन्द गराएका थिए । बन्दकर्ताले बजार बन्द गराएपनि सवारी साधन भने आंसिक रुपमा संचालनमा रहेका छन ।

संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुनुपर्ने माग गर्दै आइरहेको छ । सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक बर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम सुुरु गरेको थियो । उनीहरुले गेटामा ६ सय शैय्याको अस्पताल सहित स्वास्थ्य विश्वविद्यालय स्थापना हुनुुपर्ने माग गर्दै आइरहेका छन ।

संघर्ष समितिले आज साँझ ५ बजे अत्तरिया चौराहाबाट बाजागाजा सहित यसक्षेत्रका सम्पूर्ण जनसमुदायको उपस्थितिमा गेटा मेडिकल विश्व विद्यालयको बोर्ड लगाएर सडकबाटै मेडिकल विश्वविद्यालय जनघोषणा गर्ने कार्यक्रम पनि राखेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.