बझाङको सुर्माका वडाध्यक्ष बोहराको निधन

बझाङ – बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्षको सर्जन बोहराको निधान भएको छ । मधुमेह र कलेजोलगायतसम्बन्धी रोगबाड पीडित बोहराको ३८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

maya metro hospital

केही समययतादेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए । चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उनको निधन भएको हो ।

joshi vada pasal 2

बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने एक मात्र वडाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.