खाेज्नुहाेस

निःशुल्क खप्तडको ब्राण्ड एमबेस्डर बन्छु : रामदेव

Image

धनगढी – भारतीय धार्मिक गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताएका छन् ।

navjiwan hospital

खप्तडमा मंगलबार देखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै धार्मिक गुरु रामदेवले सो कुरा बताएका हुन् ।
उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ ।’

attariya hospital

यसैबीच रामदेवले प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्न भ्याए । उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको बताएका थिए । प्रचण्ड वास्तविक कम्युनिस्ट भएको समेत उनको दाबी छ ।

सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न जानुपर्ने बताए ।