खाेज्नुहाेस

खप्तडमा आध्यात्मिक सम्मेलन सुरु

Image

धनगढी – सुदूरपश्चिमको भूस्वर्ग भनेर चिनिने खप्तडमा अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । आजबाट खप्तडमा तीनदिने प्रथम खप्तड अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उक्त सम्मेलनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्ड आजै हेलिकप्टरबाट खप्तड पुगेका थिए ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सम्मेलन आयोजक समिति मूल समारोह समिति अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा भइरहेको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, प्रदेश प्रमुख देवराज जोशी, योगगुरु बाबा रामदेव, आचार्य बालकृष्ण लगायतको उपस्थिति छ ।

attariya hospital

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न झाँकी प्रदर्शन भइरहेका छन्। उक्त अवसरमा योग अभ्यास पनि हुनेछ । सम्मेलनपछि भारत लगायतका विदेशी मुलुकबाट पर्यटक आउने अपेक्षा गरिएको छ ।