अत्तरिया – कैलालीको गेटामा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरे बमोजिम शहिद दरशथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुपर्ने माग गर्दै धनगढीमा विरोध प्रदेर्शन गरिएको छ ।

शहिद दरशथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना संघर्ष समिति र सयुक्त विद्यार्थी संगठनहरुले मंगलबार धनगढी चौराहा देखि एलएन चोक देखि विरोध प्रदर्शन गरेका हुन ।

सहभागीले सुदुरपश्चिमलाई अपहेलना कहिलेसम्म, हामीलाई कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय विश्व विद्यालय नै चाहिन्छ भन्दै नाराबाजी गरेका थिए ।