गेटामा मेडिकल विश्वविद्यालय स्थापनाका लागि दावाव दिन वडा स्तरिय सघर्ष समिति गठन

अत्तरिया – कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिन वडा स्तरिय सघर्ष समिति गठन गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर ५ मा बसेको भेलाले प्रेम केसीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो ।

maya metro hospital
raunak fals and silling

समितिको अमृत बम, सचिवमा लोकेन्द्र धामी चयन भएका छन । समितिमा अन्य १८ जना सदस्य रहेका छन । संघर्ष समितिका सचिव धामीले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका दवाव दिन समिति गठन गरिएको बताए । उनले संघर्ष समितिको बैठक बसेर गेटामा मेडिकल विश्वविद्यालय स्थापनाका लागि संघर्षका कार्यक्रम तय गरिने बताए ।

joshi vada pasal 2

सरकारले २०७९ माघ २९ को मन्त्रिपरिषद्बाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेर जेठ ५ गते नीति तथा कार्यक्रममा पनि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना बताएको थियो ।

तर, जेठ १५ गते आर्थिक बर्ष २०८०/८१ को बजेटमा भने गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर १ सय सैय्याको अस्पताल संचालन गर्ने भनेपछि त्यसको विरोध विरोध गर्दै विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.